• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
म्यान्मामा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते

काठमाडौँ । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ । माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए ।

म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त

बैङ्कक । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ