काठमाडौ । नेकपा (प्रचण्ड–नेपाल) पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य परीक्षणको लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
नेता खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नुहुने बताईएको छ । उहाँको सचिवालयले जानकारी गराएअनुसार नेता खनाल आज बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराइले जानकारी दिनुभयो । यस भ्रमणमा कुनैपनि राजनीतिक भेटघाट नरहेको बताईएको छ ।











