२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

अर्थतन्त्र सुधारदेखि रोजगारीका अवसर बढाउनेसम्मका योजना

अर्थतन्त्र सुधारदेखि रोजगारीका अवसर बढाउनेसम्मका योजना
अ अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन पाँच दलले आज साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्दै छन् ।

प्रधानमन्त्री कार्यालयले बिहान १० बजे साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले साझा कार्यक्रम सार्वजनिक गर्ने छन् ।

न्यूनतम् साझा कार्यक्रममा देशको अर्थतन्त्र सुधारदेखि वैदेशिक रोजगारीमा हुने गरेको ठगी रोक्नेसम्मका विषय समेटिएका छन् । यसैगरी कूटनीतिक सम्बन्ध विस्तार, सरकारी सेवालाई प्रभावकारी बनाउने, नागरिकले सहज सेवा पाउने व्यवस्था गर्ने, महंगी नियन्त्रण गर्ने विषयसमेत साझा कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल अघि बढाउने, राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति कायम गर्ने विषय पनि दलहरुले साझा कार्यक्रममा राखेका छन् ।

साझा न्यूनतम् कार्यक्रम लेखनका लागि पाँच दलीय गठबन्धनले १० सदस्यीय कार्यदल गठन गरेको थियो । त्यही कार्यदलले बनाएको साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरुले केही संशोधन गरेर टुंगो लगाएका ह्न् ।

पाँच दलीय गठबन्धनको कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य थिए ।