९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार अमेरिकी डलरको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलर सहित केही देशको विदेशी मुद्रा विनिमयदर घटबढ भएको छ । अमेरिकी डलरको विनिमयदर बढेको छ भने युके पाउण्ड स्ट्रलिङको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ८७ तोकिएको छ । त्यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७४ पैसामा हुँदै छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५७ पैसामा हुँदैछ। 

त्यस्तै नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ९० रुपयाँ ५६ पैसा तोकिएको छ । एक क्यानेडियन डलरको खरिददर ९१ रुपयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपयाँ १६ पैसा तोकिएको छ । 

साउदी रियालको खरिददर ३१ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५९ पैसा तोकिएको छ ।