१७ भाद्र २०८३, बुधबार
,
Latest
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) मधेश सरकारमा जाने भएको छ । सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि मधेश प्रदेशमा नेपाली कांग्रेस सरकारबाट हटेको छैन । कांग्रेसबाट तीन जना मन्त्री छन् ।

उनीहरूलाई हटाएर एमालेका तीन जनालाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ । अहिले कांग्रेसको भागमा रहेका मन्त्रालयलाई नै एमालेलाई दिन लागिएको जनाइएको छ ।

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्यभार ग्रहण नगरेका कारण सरकार विस्तारमा ढिलाइ भएको हो । प्रदेश प्रमुख भण्डारीले सोमबार कार्यभार ग्रहण गरेसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादीका ९ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन् । मधेश सरकारमा गठबन्धनमा आवद्ध दलको बहुमत छ ।