• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक ★   ‘अभिषाप बन्यो खडीखानीको सपना’ ★   विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर ★   चेन्नईविरुद्ध राजस्थानले टस जितेर ब्याटिङ रोज्यो ★   बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास ★   मधेश सरकारबाट बाहिरिदै एमाले र माओवादी ★   प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन: डा. गोविन्द केसी

रुस राष्ट्रपति चुनाव: ९५.०४ प्रतिशत मत गणना, पुटिन ८७.३२ प्रतिशत मतका साथ अगाडि



एजेन्सी । राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुन: चुनाव जित्ने तयारीमा हुनुहुन्छ । उहाँले सोमवार बिहान राष्ट्रिय विकास लक्ष्यहरू प्राप्त गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ । मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको छ ।

अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ ।