• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

वेस्टहाम र एस्टन भिल्लाले अंक बाँडे



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टहाम युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान लण्डन स्टेडियममा वेस्टहामले २९ औं मिनेटमा माइकल एन्टोनीओको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, ७९ औं मिनेटमा निकोलो जानीओलोले गोल गर्दै एस्टन भिल्लालाई हारबाट जोगाए ।

बराबरीसँगै एस्टन भिल्ला २९ खेलबाट ५६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने वेस्टहाम ४४ अंकका साथ सातौं स्थानमा छ ।