• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

राजस्थान रोयल्ससँग छ ‘तुरुपको एक्का’, यदि चल्यो भने यसले विनाश निम्त्याउँछ !



एजेन्सी । सन्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सले आईपीएल २०२४ को तयारी सुरु गरेको छ । राजस्थानको पहिलो खेल लखनउ सुपर जायन्ट्ससँग हुनेछ । यो खेल २४ मार्चमा जयपुरमा हुनेछ ।

राजस्थानको टोली पछिल्लो सिजन बाहिरिएको थियो । टोली क्वालिफायरमा समेत पुग्न सकेन । तर यसपटक राजस्थान फाइनलमा आफ्नो दाबी राख्न तयार छ । राजस्थानका लागि गत सिजनमा यशस्वी जैसवालले सर्वाधिक रन बनाएका थिए । यसपटक पनि उनले टोलीका लागि चमत्कार गर्न सक्छन् ।

यशस्वी राजस्थानका लागि ‘तुरुपको एक्का’ जस्तै हुन् । उनको ब्याट चल्यो भयो भने बलरको समस्या बढ्नेछ । यशस्वीले गत सिजन १४ खेलमा ६२५ रन बनाएका थिए । यस अवधिमा उनले १ शतक र ५ अर्धशतक बनाएका थिए । यशस्वीको आईपीएल करियरको यो अहिलेसम्मकै उत्कृष्ट सिजन थियो । अहिले उनी थप आक्रामक ब्याटिङ गर्न तयार छन् ।

गत सिजन सर्वाधिक रन बनाउने हिसाबले यशस्वी सूचीमा पाँचौं स्थानमा थिए । उनी सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचीमा १० औं स्थानमा थिए । तर यशस्वी राजस्थानका खेलाडीको सूचीमा शीर्ष स्थानमा थिए । उनले १४ खेलमा २६ छक्का प्रहार गरेका थिए ।

राजस्थानको यो सिजनको पहिलो खेल घरेलु मैदानमा हुनेछ । यसको खेल लखनउसँग छ, जुन जयपुरमा खेलिनेछ । यस खेलको प्लेइङ इलेभेनमा यशस्वीको स्थान लगभग पक्का छ । यशस्वीले जोस बटलरसँग ओपनिङ गर्ने मौका पाउन सक्छन् । उनले हालै इंग्ल्याण्ड विरुद्धको टेस्टमा भारतका लागि दोहोरो शतक बनाएका थिए । महत्वपूर्ण कुरा के हो भने उनले लगातार दुई खेलमा दोहोरो शतक बनाएका थिए ।

राजस्थान रोयल्सका सम्भावित प्लेइङ इलेवनः जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकिपर), रोभमान पावेल, शिमरोन हेटमायर, ध्रुव जुरेल, रायन पराग, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान ।