२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

राजस्थान रोयल्ससँग छ ‘तुरुपको एक्का’, यदि चल्यो भने यसले विनाश निम्त्याउँछ !

राजस्थान रोयल्ससँग छ ‘तुरुपको एक्का’, यदि चल्यो भने यसले विनाश निम्त्याउँछ !
अ अ+ अ-

एजेन्सी । सन्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सले आईपीएल २०२४ को तयारी सुरु गरेको छ । राजस्थानको पहिलो खेल लखनउ सुपर जायन्ट्ससँग हुनेछ । यो खेल २४ मार्चमा जयपुरमा हुनेछ ।

राजस्थानको टोली पछिल्लो सिजन बाहिरिएको थियो । टोली क्वालिफायरमा समेत पुग्न सकेन । तर यसपटक राजस्थान फाइनलमा आफ्नो दाबी राख्न तयार छ । राजस्थानका लागि गत सिजनमा यशस्वी जैसवालले सर्वाधिक रन बनाएका थिए । यसपटक पनि उनले टोलीका लागि चमत्कार गर्न सक्छन् ।

यशस्वी राजस्थानका लागि ‘तुरुपको एक्का’ जस्तै हुन् । उनको ब्याट चल्यो भयो भने बलरको समस्या बढ्नेछ । यशस्वीले गत सिजन १४ खेलमा ६२५ रन बनाएका थिए । यस अवधिमा उनले १ शतक र ५ अर्धशतक बनाएका थिए । यशस्वीको आईपीएल करियरको यो अहिलेसम्मकै उत्कृष्ट सिजन थियो । अहिले उनी थप आक्रामक ब्याटिङ गर्न तयार छन् ।

गत सिजन सर्वाधिक रन बनाउने हिसाबले यशस्वी सूचीमा पाँचौं स्थानमा थिए । उनी सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचीमा १० औं स्थानमा थिए । तर यशस्वी राजस्थानका खेलाडीको सूचीमा शीर्ष स्थानमा थिए । उनले १४ खेलमा २६ छक्का प्रहार गरेका थिए ।

राजस्थानको यो सिजनको पहिलो खेल घरेलु मैदानमा हुनेछ । यसको खेल लखनउसँग छ, जुन जयपुरमा खेलिनेछ । यस खेलको प्लेइङ इलेभेनमा यशस्वीको स्थान लगभग पक्का छ । यशस्वीले जोस बटलरसँग ओपनिङ गर्ने मौका पाउन सक्छन् । उनले हालै इंग्ल्याण्ड विरुद्धको टेस्टमा भारतका लागि दोहोरो शतक बनाएका थिए । महत्वपूर्ण कुरा के हो भने उनले लगातार दुई खेलमा दोहोरो शतक बनाएका थिए ।

राजस्थान रोयल्सका सम्भावित प्लेइङ इलेवनः जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकिपर), रोभमान पावेल, शिमरोन हेटमायर, ध्रुव जुरेल, रायन पराग, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान ।