१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले १९ अर्बको अनियमितता गरेका छन्, हामी हिसाब माग्छौँ : मन्त्री रायमाझी



अ+ अ-

बुटबल । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले जनयुद्धकालको १९ अर्ब रकम अनियमिता गरेको आरोप लगाएका छन् । बुटवलमा पूर्व-जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले  त्यसबेला हिनामिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका हुन् ।  

रायमाझीले  भने,'हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं । त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो ?  अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ ।,'

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? पार्टीभित्रै मिलाउनुपर्दैन ? भन्दै प्रश्न गरे ।