२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातलाई अर्को झट्का, बाइक दुर्घटनामा परेर यी खेलाडी आईपीएलबाट बाहिरिए



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ सुरु हुनुअघि गुजरात टाइटन्सलाई ठूलो झट्का लागेको छ । युवा क्रिकेटर रोबिन मिन्ज यो सिजन बाहिर भएका छन् ।

रोबिनको ३ मार्चमा बाइक दुर्घटना भएको थियो । दुर्घटनामा रोबिन गम्भीर घाइते भएका छन् । गुजरातले रोबिनलाई ३.६० करोडमा किनेको थियो ।

गुजरातका मुख्य प्रशिक्षक आशिष नेहराले रोबिनसँग सम्बन्धित जानकारी सेयर गर्दै भने, ‘रोबिनले यो वर्षको आईपीएल खेल्ने सम्भावना छैन । यो दुर्भाग्यपूर्ण छ, मिन्ज जस्तो खेलाडी पाउँदा हामी पनि उत्साहित थियौं ।’

रोबिनले झारखण्डबाट अन्डर–१९ र अन्डर–२५ टिममा खेलिसकेका छन् । यसअघि मोहम्मद शामी चोटका कारण गुजरात टिमबाट बाहिरिएका थिए । हार्दिक पाण्ड्याको स्थानमा यस सिजन गुजरात टाइटन्सको कप्तानी शुभमन गिलले गर्नेछन् ।




भर्खरै