२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातलाई अर्को झट्का, बाइक दुर्घटनामा परेर यी खेलाडी आईपीएलबाट बाहिरिए



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ सुरु हुनुअघि गुजरात टाइटन्सलाई ठूलो झट्का लागेको छ । युवा क्रिकेटर रोबिन मिन्ज यो सिजन बाहिर भएका छन् ।

रोबिनको ३ मार्चमा बाइक दुर्घटना भएको थियो । दुर्घटनामा रोबिन गम्भीर घाइते भएका छन् । गुजरातले रोबिनलाई ३.६० करोडमा किनेको थियो ।

गुजरातका मुख्य प्रशिक्षक आशिष नेहराले रोबिनसँग सम्बन्धित जानकारी सेयर गर्दै भने, ‘रोबिनले यो वर्षको आईपीएल खेल्ने सम्भावना छैन । यो दुर्भाग्यपूर्ण छ, मिन्ज जस्तो खेलाडी पाउँदा हामी पनि उत्साहित थियौं ।’

रोबिनले झारखण्डबाट अन्डर–१९ र अन्डर–२५ टिममा खेलिसकेका छन् । यसअघि मोहम्मद शामी चोटका कारण गुजरात टिमबाट बाहिरिएका थिए । हार्दिक पाण्ड्याको स्थानमा यस सिजन गुजरात टाइटन्सको कप्तानी शुभमन गिलले गर्नेछन् ।