५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रहरुमा लगानी गर्नुस्: अर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।

आईतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्‍याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिनुभयो । लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउनु भयो ।

उहाँले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताउनु भयो । उहाँले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैनाँै । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ । नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन । मैले म भन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरुलाई निरन्तरता दिनुपर्छ ।’

‘आजको चुनौतिलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर हुँदैन । कोषका साथीहरुले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानूनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ । परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्रता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ । अहिले आर्थिक रुपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धिकरण जरुरी छ, हामी आफैँले ठानेका छाँै । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’

अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।