२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

अमन र मार्ते च्याम्पियन

अमन र मार्ते च्याम्पियन
अ अ+ अ-

काठमाडौं । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि शनिबार जितेका छन् । फाइनलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई हराए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे ।

महिला सिंगल्सको उपाधि भिडन्तमा मार्तेले रोमाने लन्ग्युभिल्लेलाई ६–३, ६–७(४) र ६–२ को सेटमा हराइन् । अमन र मार्ते सर्किट १ को सिंगल्स विजेता पनि हुन् ।

यसअघि डबल्सको पुरुषमा भारतका अनग्रह गांगुली र करण सिंह तथा महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडी विजेता बनेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा नेपालसहित भारत, क्यानाडा, स्पेन, फ्रान्स, फिन्ल्यान्ड, अमेरिका, बेल्जियम, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्र सहभागी थिए । पुरुष÷महिलामा समान ३२–३२ खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले भाग लिएका थिए ।

सर्किट १ को महिला डबल्समा नेपालकी अभिलाषा विष्टले जर्मनीकी सोन्जोसंग मिलेर उपाधि जितेकी थिइन् । सोही सर्किटको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो । यो नै समग्रमा प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेको ठूलो उपलब्धी हो ।

पुरस्कार वितरण कार्यक्रममा सन् २०२० मा फिलिपिन्सको मनिलामा जनवरीमा भएको २०२० आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलोप्मेन्ट च्याम्पियनसिपको पुरुष÷महिला टिम स्पर्धामा च्याम्पियन बनेका नेपाली खेलाडीलाई ट्रफी पनि हस्तान्तरण गरिएको थियो । उक्त प्रतियोगिताका नेपाली प्रशिक्षक छेवाङ लामाले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको ट्रफी संघले खेलाडीलाई प्रदान गरेको हो । पुरुषमा आरभ र अकी तथा महिलामा इभा अधिकारी र शुभाङ्गीलक्ष्मी शाह पहिलो भएका थिए ।