१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी नेताहरु एउटै मञ्चमा -ओलीको कदमको एक भएर प्रतिवाद गर्नुपर्ने ठम्याई



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल –माधव कुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । 
शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताउनुभयो । यसको निम्ति मोर्चा खोलिसकिएको उहाँको भनाई छ । उहाँले नेपालको संविधान पूर्ण छ भनेर आफुले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताउनुभयो ।


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमती माथि विश्वास घात गरेको उहाँको भनाई छ ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताउनुभयो । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उहाँले जनयुद्धको योगदानको सहि मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताउनुभयो । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भएपनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । नेता राईले देश द्धन्द्धमा फस्नुको निकास पनि जनयुद्धबाटै हुने विश्वास व्यक्त गर्नुभयो ।