• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

सत्ता गठबन्धनका शीर्ष नेताहरुसमक्ष कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम



काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो ।

सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएको थियो ।