२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीको सिरी ‘ए’: मिलान र युभेन्टस दुवै पराजित



अ+ अ-

मिलान । शनिबार इटालीको सिरी ‘ए’ मा भएको खेलमा एसी मिलान र युभेन्टस दुवै पराजित भएका छन् । शीर्ष स्थानमा रहेको मिलानलाई स्पेजियाले २–० ले पराजित गरेको हो । सन् २०१० सम्म चौथो डिभिजनमा खेलिरहेको स्पेजिया यसै सिजन सिरी ‘ए’ मा उक्लेको हो । यसका लागि गुजियो मागोरे र सिमोन बास्टोनीले गोल गरे ।

यसपल्ट मिलान लिगमा पराजित भएको यो तेस्रो खेल मात्र हो । अब छिमेकी इन्टर मिलानसँग शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ । मिलानको ४९ अंक छ भने इन्टर एक खेल कम खेलेर ४७ अंकमा छ ।

युभेन्टस भने नेपोलीबाट १–० ले पराजित रह्यो । डिफेन्डिङ च्याम्पियन युभेन्टस ४२ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।