४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्न: गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिनुभएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उहाँले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिवद्धता कहिले पूरा हुन्छ ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पूँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को गोरखामा रहेको गोरखकाली रवर उद्योग । हामीसँग पुरातात्विक कुराहरु त छँदैछन् । मनकामना, गोरखकाली, मुक्तिनाथ । त्यसपछि गएर बागलुङ भगवती । त्यो छ छँदैछन् । तर हामी गण्डकी प्रदेशमा उत्पादनमा पनि अघि थियौं । त्यसमा पनि पहाडमा एउटा अत्यन्त गौरव गर्न लायक एउटा गोरखकाली रवर उद्योग थियो । २०७१ सालसम्म यसले उत्पादन दिएको थियो । कुन सरकारले कति गर्‍यो, म त्यतातिर जान्न । तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु । र प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा । प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो । बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्युलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु । यो गण्डकी प्रदेशकै गौरव हो–गोरखकाली रवर उद्योग । अहिले त्यो सञ्चालनमा छैन । त्यसलाई सञ्चालन गर्छु भनेर प्रतिवद्धता जनाएर आउनुभएका प्रधानमन्त्रीले कहिलेदेखि सुरु गर्नु हुन्छ ? म जवाफ खोज्न चाहन्छु ।’

सांसद पन्तले विकास, निर्माणको काममा ढिलाई गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।