१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायुको प्रभावले हिमपात तथा हल्का वर्षा हुने



अ+ अ-

काठमाडौं । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको छ ।
    
महाशाखाका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभाव आगामी बुधबारसम्म कायम रहने जानकारी दिनुभयो । विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बदली भए पनि थोरै स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।
    
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानमा हल्का हिमपातको हुनेछ । उच्च पहाडी भेगमा थोरै क्षत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुनेछ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार प्रदेश नं १ मा आंशकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम आठ र अधिकतम तापक्रम २१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।