• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ: चन्द्र भण्डारी



काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताउनु भयो । उहाँले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको पार्टी काँग्रेसले संसद बन्द गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद बन्द गर्नु हुँदैन । सिद्धान्तत: सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । ३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनैपनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’

उहाँले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताउनु भयो ।