२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले ४२ औं पटक जित्यो रणजी ट्रफी



अ+ अ-

एजेन्सी । रणजी ट्रफी २०२४ को फाइनलमा विदर्भलाई हराउँदै मुम्बईले ४२औं पटक उपाधि जितेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा भएको फाइनलमा मुम्बईले  विदर्भलाई १६९ रनले पराजित गरेको हो ।

खेलमा मुम्बईले शानदार पुनरागमन गर्दै जित निकालेको हो । मुम्बईले पहिलो र दोस्रो इनिङ्समा २२४ र ४१८ रन बनाएर विदर्भलाई ५३८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा विदर्भको टोलीले ३ सय ६८ रन मात्रै बनाउन सक्यो । विदर्भको टोलीले पहिलो इनिङ्समा १ सय ५ रन बनाएको थियो ।

मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले सर्वाधिक १३६ रन बनाए । विदर्भका लागि अक्षय वाडकरले दोस्रो इनिङ्समा सर्वाधिक १०२ रन बनाए ।