२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

नीलडेभिड्स लाउञ्जको उद्घाटनमा गरिव तथा असाहयलाई छात्रवृत्तिको घोषणा

नीलडेभिड्स लाउञ्जको उद्घाटनमा गरिव तथा असाहयलाई छात्रवृत्तिको घोषणा
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा समेत प्रख्यात सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिव तथा असाहय बालबालिकाहरुलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटन समारोहमा हेयरस्टाइलिस कटवालले आजैका दिनदेखि आफ्नो सलूनमा केश कटिङ तथा सौन्दर्य सम्बन्धि प्रत्येक कार्यबाट संकलन भएको शूल्कमा कम्तिमा दश रुपैया“देखि बढिमा पचास रुपैया“सम्म रकम छुट्याउने घोषणा गरे ।

‘त्यसरी छुट्याइएको रकमबाट गरिवीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको शिक्ष्ाँमा लगानी गरिने छ’, कटवालले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेनसमार्फत उक्त अभियानले देशव्यापी स्वरुप प्रदान गरिने जानकारी समेत दिएका छन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर नीलडेभिडको नया“ लाउञ्ज सलनू काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तल्लामा सञ्चालनमा आएको नीलडेभिड्स लाउञ्जको उद्घाटन विभिन्न विधामा विशिष्टा हासिल गरेका नारीहरुले संयुक्त रुपमा रिबन काट्दै गरेका छन् ।

महिला शसक्तिकरणलाई जोड दिने उदेश्यले यो लाउञ्जको उद्घाटन सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका ईन्दिरा जोशी, सञ्चारकर्मी तथा मिस नेपाल सुगरिका केसी तथा सञ्चारकर्मी सोनिका रोकायाले संयुक्त रुपमा गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै माइती नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी अनुरोधा कोइरालाले नीलडेभिड कटवालले आफ्नो संस्थाका दुई दर्जनभन्दा बढी महिलाहरुलाई व्यूटिसियनको प्रशिक्षण दिएर रोजगारीसमेत दिइरहेको धन्यवाद व्यक्त गरिन् ।

‘कपाल काटेको शुल्कबाट १०–१० रुपैया“ संकलन गरेर गरिव बालबालिकाहरुलाई पढाउने जुन योजना आज सार्वजनिक गरिएको छ, त्यो निकै उदाहरणीय छ, कोइरालले नीलडेभिड आफैं आएर माइती नेपालका चेलीहरुलाई निशुल्क प्रशिक्षण दिने र रोजगारी प्रदान गर्ने प्रस्ताव राखेको दिन आफूले कहिले नबिर्सने बताइन् ।

‘ठूल्ठुला उद्योगपतिहरुले गर्नु पर्ने काम आज नीलडेभिडले गरेर देखाएको छ, कोइरालाले भनिन् ।

समारोहमा सुगरिका केसी, ईन्दिर जोशी, सरिता लामिछाने लगायतले नीलडेभिड्ले महिला सशक्तिकरणलाई जोड दिएको वधाइ ज्ञापन गर्दै हरेक व्यक्तिको व्यक्तित्व निखार्न कटवालले दिएको योगदानको प्रशंसा गरे ।  

नीलडेभिड कटवालले नेपालमै पहिलो पटक नङको सजावटलाई केन्द्रमा राख्दै यो लाउञ्ज सलून स्थापना गरेका हुन् ।

यसका साथै यो लाउञ्ज सलूनमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

यो सलूनमा दुई वटा प्राइभेट लाउञ्जको व्यवस्था गरिएको छ, जहा“ एउटामा सिंगल एपोन्टमेन्ट लिएर सुविधा लिन सकिन्छ भने दोस्रोमा जोडीले नै एकै पटक एपोन्टमेन्ट लिएर आफ्नो रोजाइ अनुसारको हेयर स्टायल बनाउन सक्नेछन् ।

यसका साथै यो लाउञ्जमा मेकअप स्टुडियो तथा एकेडेमीको सुविधाका साथै ब्राइडल मेकअप, पार्टि मेकअप समेत बुक गर्न सकिने छ ।

यसका साथै यो लाउञ्जमा मेनिक्योर तथा पेडिक्योेरको सुविधा पनि उपलब्ध गराइएको छ ।

मेकअपको एड्भान्स कोर्स र नेल आर्टको एड्भान्स कोर्स गर्नेहरुका लागि पनि यहा“ विशेष कक्ष्ाँ सञ्चालन गरिनेछ ।

यसैबीच आज यो लाउञ्जको समाजका प्रतिष्ठित नारीहरुले संयुक्त रुपमा उद्घाटन गर्दै हुनुहुन्छ ।