७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह, सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास



अ+ अ-

काठमाडौं । सरकारले भौतिक  पूर्वाधारका साथै मुलुकको  राष्ट्रिय सुरक्षा  संवेदनशीलतालाई  समेत  ध्यानमा  राख्दै आउँदो दुई  वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया  अगाडि  बढाएको छ । 

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  गत  माघ  १७  गते राजधानीमा आयाजित  एक  कार्यक्रमलाई  सम्बोधन  गर्दै  सरकारले अन्तरिक्षमा  आफ्नै  भू–उपग्रह  स्थापना  गर्ने  उद्घोष  गरेका थिए । भू–उपग्रह  स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा  नयाँ फड्को मार्ने  विश्वास  गरिएको छ । विदेशी  भू–उपग्रहको प्रयोग  मुलुकको राष्ट्रिय  सुरक्षाका लागि  समेत  संवेदनशील  हुने भएकाले सरकारले आफ्नै  भू–उपग्रह  स्थापना  गर्न  लागेको हो ।

भू–उपग्रह  स्थापनाका  लागि सरकारले  भू–उपग्रह  नीति,  २०७७  समेत  ल्याइसकेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।