९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा जलहरी विवादः सुनकै जलहरी लगाउनका लागि ६४ किलो पगालियो



अ+ अ-

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो ।

तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ । जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने बताइएको छ । उक्त सुन पगालेर जलहरीको आकार तयार हुनेछ ।

कोषका कार्यकारी सचिव घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए । यता, सुनको जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ । मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन् । उनीहरुले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन् । पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत मानिन्छ ।आजको नागरिक दैनिकमा समाचार छ ।