७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा जलहरी विवादः सुनकै जलहरी लगाउनका लागि ६४ किलो पगालियो



अ+ अ-

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो ।

तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ । जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने बताइएको छ । उक्त सुन पगालेर जलहरीको आकार तयार हुनेछ ।

कोषका कार्यकारी सचिव घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए । यता, सुनको जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ । मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन् । उनीहरुले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन् । पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत मानिन्छ ।आजको नागरिक दैनिकमा समाचार छ ।