९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो



अ+ अ-

गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात्कारको घटना भन्दै महत्त्व दिएका छन्।’

नेपालबाट आमा आएपछि शव जलाउने भन्दा पनि घरबेटीलगायतले नमानेको आफन्त कर्णबहादुर सोनीले सुनाए। बालिकाको शव जलाएपछि त्रासका कारण नेपाल फर्किएका सोनीले भने, ‘उल्टै घरबेटीले अर्को दिन कोठा खाली गराए। खाली कागजमा मृत्युबारे हस्ताक्षर गराएर शव जलाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो।’

बर्दियाको बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँटाकी सुमित्रा विहार राज्यअन्तर्गत मोतीहारीको चैनपुरमा माघ ८ गते मृत फेला परेकी थिइन्। ‘घटना रहस्यमय देखिन्छ। चुकुल लगाएको कोठाभित्र मृत भेटिएको थियो। खुट्टाको एकतिरको लुगा खोलिएको अवस्थामा थियो’, दिदी लक्ष्मीदेवी विकले भनिन्, ‘घाँटीमा नीलडाम देखिएको र छिटो–छिटो शव जलाउन स्थानीयले दिएको दबाबबाट पनि घटना गराएको प्रस्टिन्छ।’ घटनापछि आमाबुवालाई धम्की दिइएको उनले बताइन्। अन्नपूर्णपोष्ट दैनिकमा यादव आचार्यले लेखेका छन् ।