• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छः सन्तोष परियार



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरुञ्जेल टिक्ने बताउनुभएको हो । उहाँले सरकार संविधानले व्यवस्था गरे अनुरुपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म रहिरहने बताउनु भयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानून निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन रास्वपाले पहलकदमी लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिक स्थायित्व कायम होस् भन्ने हाम्रो चाहना हो । त्यसको लागि हामीले हिजो सरकारमा नगएर पनि समर्थन दिएकै थियौँ । तर अहिले यो व्यवस्था माथिका जुन किसिमका वहशहरु भए, समावेशितामाथि जुन किसिमका प्रश्नहरु भए, सरकार बनाउने, काम केही नगर्ने, कानून नबनाउने, नीति, नियम नबनाउने यो भएको भएर अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुप लागेर बस्नुहुँदैन भनेर हामीले एउटा पहलकदमी लिएका हौँ ।

यो सरकार देश र जनताको हितमा काम गरुञ्जेलसम्म टिक्छ । जुन दिन देश र जनताको हितमा काम गर्दैन, जुन दिन अन्य सरकारले जस्तै यसले अर्को बाटो अपनाउँछ । त्यो दिन सरकार रहनुपनि हुँदैन भन्ने हाम्रो मान्यता हो । तर जतिबेला सम्म हाम्रो संविधानले व्यवस्था गरे अनुसारको जनताका अधिकारहरुलाई सुनिश्चित गर्ने बाटोमा लाग्छ । जतिबेला सम्म देश र जनताको हितमा काम गर्छ, यो सरकार रहिरहन्छ ।’

उहाँले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भरमा प्रश्न उठाउने नैतिकता कसैको नभएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्नेहरुले नै प्रधानमन्त्री पदको अफर गरेको भन्दै सो प्रश्नको कुनै गाम्भिर्यता नभएको बताउनु भयो ।