• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएलमा धोनी सबैभन्दा जेठा कप्तान, डु प्लेसिस र शिखर धवनको उमेर पनि ढल्कियो



एजेन्सी । आईपीएलको हरेक सिजनमा केही नयाँ र युवा खेलाडीहरु आउँछन्, तर यो लामो प्रतियोगितामा धेरै पुराना खेलाडीहरु पनि नियमित रुपमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

ब्राड हग र प्रवीण ताम्बे जस्ता खेलाडीले ४० वर्षभन्दा माथिको उमेरमा पनि मैदानमा उत्रिएर क्रिकेटप्रतिको लगाव व्यक्त गरेका छन् । आईपीएल २०२४ को बारेमा कुरा गर्दा, धेरै पुराना खेलाडीहरू यस सिजनमा पनि खेल्ने देखिनेछन्, जसमध्ये केहीले आ–आफ्नो टोलीको कप्तानी पनि गर्नेछन् ।

१. महेन्द्र सिंह धोनी – ४२ वर्ष


आईपीएल २०२४ मा सबैभन्दा पाका कप्तान एमएस धोनी हुनेछन्, जसले चेन्नई सुपर किंग्सको कप्तानी गर्नेछन् । धोनी पहिलो सिजनदेखि नै सीएसकेको कप्तान थिए र उनले अहिलेसम्म आईपीएलमा २५० खेल खेलिसकेका छन् । आफ्नो ऐतिहासिक करियरमा उनले ३८.७९ को औसतमा ५,०८२ रन बनाएका छन् ।

धोनीले २४ अर्धशतकीय पारी खेलेका छन् र उनी लिगमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् । धोनीले आईपीएलमा अहिलेसम्म २३९ छक्का प्रहार गरेका छन् ।

२. फाफ डु प्लेसिस – ३९ वर्ष


फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनी लामो समयदेखि सेतो बल (टेस्ट)को क्रिकेट खेलेका छैनन् । तर उनी सन् २०२४ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानीमा देखिनेछन् । २०२२ मा विराट कोहलीले डु प्लेसिसलाई टोलीको कप्तानी सुम्पेका थिए ।

गत सिजन डु प्लेसिसले १४ खेल खेल्दै ७३० रन बनाएका थिए । उनको आईपीएल करियरलाई हेर्ने हो भने उनले अहिलेसम्म १३० खेलमा ४ हजार १३३ रन बनाएका छन् भने ३३ पटक अर्धशतक पनि बनाएका छन् ।

३. शिखर धवन – ३८ वर्ष


शिखर धवनले सन् २०२२ मा पञ्जाव किंग्सको टोलीमा प्रवेश गरेका थिए तर त्यतिबेला कप्तान मयंक अग्रवाल थिए । २०२३ मा कप्तानी धवनको हातमा आयो र उनी आइपिएल २०२४ मा पनि टिमको कप्तानी गर्नेछन् । धवन ३८ वर्ष नाघेका छन् र लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

गत आईपीएल सिजनमा उनले ११ खेलमा ३७३ रन मात्र बनाउन सकेका थिए । धवनले आफ्नो आईपीएल करियरमा २१७ खेल खेल्दै ६,६१७ रन बनाएका छन्, जसमा २ शतक र ५० अर्धशतक पनि छन् ।