२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

आईपीएलमा धोनी सबैभन्दा जेठा कप्तान, डु प्लेसिस र शिखर धवनको उमेर पनि ढल्कियो

आईपीएलमा धोनी सबैभन्दा जेठा कप्तान, डु प्लेसिस र शिखर धवनको उमेर पनि ढल्कियो
अ अ+ अ-

एजेन्सी । आईपीएलको हरेक सिजनमा केही नयाँ र युवा खेलाडीहरु आउँछन्, तर यो लामो प्रतियोगितामा धेरै पुराना खेलाडीहरु पनि नियमित रुपमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

ब्राड हग र प्रवीण ताम्बे जस्ता खेलाडीले ४० वर्षभन्दा माथिको उमेरमा पनि मैदानमा उत्रिएर क्रिकेटप्रतिको लगाव व्यक्त गरेका छन् । आईपीएल २०२४ को बारेमा कुरा गर्दा, धेरै पुराना खेलाडीहरू यस सिजनमा पनि खेल्ने देखिनेछन्, जसमध्ये केहीले आ–आफ्नो टोलीको कप्तानी पनि गर्नेछन् ।

१. महेन्द्र सिंह धोनी – ४२ वर्ष


आईपीएल २०२४ मा सबैभन्दा पाका कप्तान एमएस धोनी हुनेछन्, जसले चेन्नई सुपर किंग्सको कप्तानी गर्नेछन् । धोनी पहिलो सिजनदेखि नै सीएसकेको कप्तान थिए र उनले अहिलेसम्म आईपीएलमा २५० खेल खेलिसकेका छन् । आफ्नो ऐतिहासिक करियरमा उनले ३८.७९ को औसतमा ५,०८२ रन बनाएका छन् ।

धोनीले २४ अर्धशतकीय पारी खेलेका छन् र उनी लिगमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् । धोनीले आईपीएलमा अहिलेसम्म २३९ छक्का प्रहार गरेका छन् ।

२. फाफ डु प्लेसिस – ३९ वर्ष


फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनी लामो समयदेखि सेतो बल (टेस्ट)को क्रिकेट खेलेका छैनन् । तर उनी सन् २०२४ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानीमा देखिनेछन् । २०२२ मा विराट कोहलीले डु प्लेसिसलाई टोलीको कप्तानी सुम्पेका थिए ।

गत सिजन डु प्लेसिसले १४ खेल खेल्दै ७३० रन बनाएका थिए । उनको आईपीएल करियरलाई हेर्ने हो भने उनले अहिलेसम्म १३० खेलमा ४ हजार १३३ रन बनाएका छन् भने ३३ पटक अर्धशतक पनि बनाएका छन् ।

३. शिखर धवन – ३८ वर्ष


शिखर धवनले सन् २०२२ मा पञ्जाव किंग्सको टोलीमा प्रवेश गरेका थिए तर त्यतिबेला कप्तान मयंक अग्रवाल थिए । २०२३ मा कप्तानी धवनको हातमा आयो र उनी आइपिएल २०२४ मा पनि टिमको कप्तानी गर्नेछन् । धवन ३८ वर्ष नाघेका छन् र लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

गत आईपीएल सिजनमा उनले ११ खेलमा ३७३ रन मात्र बनाउन सकेका थिए । धवनले आफ्नो आईपीएल करियरमा २१७ खेल खेल्दै ६,६१७ रन बनाएका छन्, जसमा २ शतक र ५० अर्धशतक पनि छन् ।