९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका



अ+ अ-

काठमाडौं । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए ।

उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेल भन्छन्– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेल बताउँछन् ।

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।बेलायतमा पछिल्लो समय देखापरेका नयाँ भेरियन्ट कोरोना भाइरसको दाँजोमा ७० प्रतिशत छिटो फैलने गरेको छ र यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।