२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

‘जब निर्माताले फिल्मका मुख्य कलाकारसँग सुत्न भने’

‘जब निर्माताले फिल्मका मुख्य कलाकारसँग सुत्न भने’
अ अ+ अ-

एजेन्सी । ओस्कार, गोल्डेन ग्लोब र एमीजस्ता प्रतिष्ठित अवार्ड जितिसकेकी अभिनेत्री शेरोन स्टोनले अचम्मको खुलासा गरेकी छन् । शेरोन स्टोन हलिउडको चर्चित नाम हो ।

उनको नाममा धेरै ब्लकबस्टर फिल्म छन् । ६६ वर्षकी शेरोन स्टोनले हालै १९९३ मा आएको फिल्म ‘स्लिभर’ को बारेमा कुरा गरेकी छिन् ।

शेरोन स्टोनले ‘स्लिभर’ को सुटिङका ​​क्रममा निर्माताले आफूसँग अनुचित माग गरेको बताइन् । यो सुनेर उनी स्तब्ध भइन् । शेरोन स्टोनले मंगलबार लुइस थेरोक्स पोडकास्टको एक एपिसोडमा आफूसँग भएको यो घटना उल्लेख गरेकी थिइन् ।

बिली बाल्डविन सन् १९९३ को ‘स्लिभर’मा शेरोन स्टोनसँग मुख्य भूमिकामा थिए । फिल्मको सुटिङ चलिरहेको बेला निर्माताले शेरोन स्टोनलाई आफ्नो कार्यालयमा बोलाएर अभिनेता बिली बाल्डविनसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएका थिए ।

शेरोन स्टोनको यो दावीमा बिली बाल्डविनले पनि प्रतिक्रिया दिएका छन् । अभिनेताले आफ्नो पक्षमा ट्वीट गर्दै भने, ‘के उनी अझै पनि मप्रति क्रस छिन् वा यति वर्षपछि पनि उनी दुखित छिन् किनभने मैले उनलाई बेवास्ता गरें ?’

‘स्लिभर’रोबर्ट इभान्स द्वारा निर्मित थियो । जसको सन् २०१९ मा ८९ वर्षको उमेरमा निधन भएको थियो । निर्माताका बारेमा कुरा गर्दै शेरोन स्टोनले फिल्म ‘स्लिभर’ को सुटिङका ​​क्रममा आफू सेटमा आउने भनिए पनि निर्माताले आफूसँग कुरा गर्नका लागि आफ्नो कार्यालयमा बोलाएको बताइन् ।

शेरोन स्टोनले थप भनिन् कि निर्माताले उनलाई पर्दामा केमिस्ट्री बढाउन बिली बाल्डविनसँग एक रात बिताउन भने, किनभने अभिनेताले क्यामेरामा राम्रो प्रदर्शन गरिरहेका थिएन र निर्माता यसबाट चिन्तित थिए । उनले शेरोन स्टोन आफ्नो सहकलाकारसँग घनिष्ट भएमा छायांकनका क्रममा उनीहरुको केमेस्ट्री गजब हुने र फिल्मको सफलताका लागि त्यो आवश्यक रहेको निर्माताले चाहेको उनले बताइन् ।

२१ वर्षपछिको यो घटनालाई स्मरण गर्दै शेरोनले आफू अरु नायिका जस्तो नभएको बताइन् ।