५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको जानकारी गराउनु भयो । उहाँले समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको छु । समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।