१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रधानमन्त्रीले तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा भए/गरेका कामका उपलब्धि सार्वजनिक गर्नुहुने छ । सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा नै प्रधानमन्त्री ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लाग्नुभएको हो । 

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनुहुनेबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीका रुपमा आउनुभएको थियो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ।