१० भाद्र २०८३, बुधबार
,
Latest
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको आक्रोश: खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

नयाँ सत्ता समिकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा उहाँको प्रधानमन्त्री दाहालप्रति आक्रोश थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले पछिल्लो गठबन्धन बनाउने बेला आफूहरुलाई अलपत्र छोडेर हिँड्ने अनैतिक काम गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले काँग्रेस र एमाले मिलेर अघि बढे बेहाल हुने अवस्थामा प्रधानमन्त्रीको रहेको पनि बताउनु भयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘मेरो पार्टी पनि अहिलेको सरकारमा सहभागी भएको हुनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रश्तावको समर्थन गर्न म उभिएको छु । तर मेरो केही आलोचना पनि छ सम्माननीय प्रधानमन्त्रीप्रति नै । मैले विश्वासको मत दिने एउटा ठाउँमा हो । तर मैले उहाँप्रति भन्न पाउने अधिकार पनि छ । यो तेस्रो पटक भोट हाल्दैछु म उहाँलाई । फागुन १८ गते साँझसम्म मैले प्रधानमन्त्रीज्युलाई नै भेटेको छु । त्यही दिन म व्यक्तिगत कामको शिलशिलामा जापान गए । दुई दिन पछि हेर्छु । यहाँ त गठबन्धन बदलिई सकेको छ । ४ वटा दलले सिग्नेचर गरेका छन । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशको संविधानको रक्षाका लागि, पार्टी भित्र जन्मको व्यक्तिवादका बिरुद्धमा उत्रेर हामी छुट्टै विद्रोह गरेर आएको शक्ति हो । त्यो विद्रोह गरेर आफैले बनाएको पार्टी तोडेर बिख पिएर हामी तपाईहरुले बनाएको गठबन्धनमा थियौं । हामीलाई बाटोमा छोडेर खोलाको बगरमा खोलाले बगाएर लगेको ठुटोलाई छोडेझैं गरी छोडर हिँडनु भयो । यो भन्दा अनैतिकता के हुन्छ ? मैले प्रधानमन्त्रीजीलाई यो रोष्टमबाट प्रश्न गर्न चाहन्छु–यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा सम्माननीय प्रधानमन्त्रीजीले सोच्नुस । अघि भर्खर कुरा आएको छ । ओलीजी र शेरबहादुरजी घाँटी जोडेभने तपाईको हालत के हुन्छ ? त्यसकारण यो खालको जे व्यवहार भयो, यो प्रति घोर आपत्ति, नेपालको राजनीतिप्रति नै शंका, अविश्वास, षडयन्त्रबाट अगाडि बढेको देश उभो लाग्दैन । मलाई यस्तो लाग्छ । मैले यो एकदम अप्रिय लागेर बोलेको छु । तपाईसँग सुन्ने, धैर्यता गर्ने क्षमता भएकाले मैले यो कुरा राखेँ । ’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालसँग धैर्यतापूर्वक सुन्नसक्ने क्षमता भएकाले आफूले उहाँमाथि गुनासो गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरःरासस