१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

बुधवारको प्रतिनिधि सभामा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री दाहाललाई पार्टीको समर्थन रहेको बताउनुभएको हो । उहाँले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताउनु भयो ।