२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

बुधवारको प्रतिनिधि सभामा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री दाहाललाई पार्टीको समर्थन रहेको बताउनुभएको हो । उहाँले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताउनु भयो ।