५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेससँगको गठबन्धनमा माओवादीको गोत्र मिलेन: महिन्द्रराय यादव



अ+ अ-

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताउनु भयो । उहाँले काँग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताउनु भयो । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ गतेको कुरा गर्नुभयो । त्यतिबेला गठबन्धन बन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ । नेकपा माओवादी केन्द्रसँग उहाँहरुले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी र नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । उहाँहरुको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन । विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो । जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ । नेपाली काँग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’

उहाँले अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको बताउनु भयो ।