• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए

काँग्रेससँगको गठबन्धनमा माओवादीको गोत्र मिलेन: महिन्द्रराय यादव



नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताउनु भयो । उहाँले काँग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताउनु भयो । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ गतेको कुरा गर्नुभयो । त्यतिबेला गठबन्धन बन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ । नेकपा माओवादी केन्द्रसँग उहाँहरुले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी र नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । उहाँहरुको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन । विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो । जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ । नेपाली काँग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’

उहाँले अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको बताउनु भयो ।