२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्री शर्माको प्रश्न: धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले काँग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोडदैगर्दा पालैपालो विपक्षमा रहेका हिसास जोड्दै गर्दा क्लियर हुँदैन र हिसाव ? पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नि । धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नि । तव राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । यहाँले अघि काँग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरुको कुरा चल्न शुरु भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । ’

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो ।