६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’मा उहाँले खाना पकाउने ग्यासको अधिक भण्डारणका विषयमा संयुक्त अनुगमन गर्न आग्रह गर्नुभयो ।

संसदीय समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीहरूको संयुक्त अनुगमन टोलीले अनुगमन गरेर वास्तविकता पत्ता लगाउने र समस्याको समाधान गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सांसद तथा सरोकारवाला निकायले उठाएको जिज्ञासाको उत्तर दिँदै उहाँले अनुगमनबाट देखिएको कैफियतमा कारबाही गर्न मन्त्रालय तयार बताउनुभयो । ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पाँचतारे होटलहरूले अत्यधिक मात्रामा ग्यास स्टक राखेकाले सर्वसाधारणले ग्यासको हाहाकार भोग्नुपरेको गुनासो गर्नुभयो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले अहिले देखिएको ग्यास तथा खाद्य आपूर्तिमा देखिएको समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर समस्याको समाधान गर्नका लागि अनुरोध गर्नुभयो ।

उहाँले पेट्रोलियम पदार्थसम्बन्धी ऐन र कालोबजारीविरुद्धको ऐन ल्याउनको लागि आवश्यक तयारीमा जुट्नका लागि निर्देशन दिनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयले आफ्नो क्षमता र सामथ्र्यले भ्याएसम्म स्पष्ट योजना बनाएर अघि बढ्न खोजेको स्पष्ट पार्नुभयो ।

उहाँले मन्त्रालय र मातहतको निकायसँग सीमित स्रोतसाधनको बाबजुत पनि अधिकतम बजार अनुगमन गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो ।