१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता



फाइल फोटो
अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताउनुभयो । उहाँले मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत छ भन्नुभयो ।

“हाम्रो लक्ष्य युवालाई रोजगार खोजिदिनु मात्रै होइन, युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नु हो,” मन्त्री यादवले भन्नुभयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले देशको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा रहेका र मुलुक पनि उहाँहरूकै नेतृत्वमा सञ्चालन भएको वास्तविकता सुनाउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले ६६ प्रतिशत युवा देश निर्माणका आधारस्तम्भ हुन् भन्नुभयो ।