२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौति



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो ।