२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

पत्रकार पन्त र कार्कीलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

पत्रकार पन्त र कार्कीलाई  इन्जा  खोजी पत्रकारिता पुरस्कार
अ अ+ अ-

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । एक लाख रुपिंया राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानवीन हुंदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो ।
सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए । उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन् ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारितावाट करियर सुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउंदै आएका छन् ।

मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने छ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार ९२०२०० साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।