२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले आजित थिएँ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताउनु भयो । उहाँले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा (माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ । तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु । काँग्रेसभित्र पनि राम्रो एकता हुँदैछ । म नेपाली काँग्रेसका नेता साथीहरुलाई र सबैलाई विशेष रुपमा भन्न चाहन्छु की यो एकता प्रचण्डाका कारणले भएको छ । यसलाई राम्रोसँग टकाउनु होला । यसलाई शान्तिमा बदल्नुहोला । म खुशी नै छु । देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ । नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी नै हुन्छु । म नेपाली काँग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका सभापति दुई पटक प्रधानमन्त्री बनेको नबिर्सिनुहोला ।’

प्रधानमन्त्री दाहालले आफूलाई आरोप लगाउन सहज नरहेको जिकिर गर्नुभयो ।