११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने बताएका छन् । सोमबार सरकारका ३ वर्षे कामकारवाहीको विवरण सार्वजनिक गर्दै ओलीले भने निर्वाचनमा सहभागी भएर आफूले चाहेको दललाई मतदान गर्न समेत आह्वान गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने  ‘जोड दिएर भन्न चाहन्छु – चुनाव हुन्छ, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ ।’

 ‘निर्वाचन आयोगले तयारी गरिरहेको छ, जनतालाई आफूले चाहेको दल छनोट गर्ने मौका मिलेको छ ।,’ उनले भने, ‘सरकारले काम गर्नुपर्ने बेला कोभिड महामारीले हामीलाई अल्मल्यायो तर ३ वर्षका कामले निराश हुनुपर्ने अवस्था छैन ।