• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने बताएका छन् । सोमबार सरकारका ३ वर्षे कामकारवाहीको विवरण सार्वजनिक गर्दै ओलीले भने निर्वाचनमा सहभागी भएर आफूले चाहेको दललाई मतदान गर्न समेत आह्वान गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने  ‘जोड दिएर भन्न चाहन्छु – चुनाव हुन्छ, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ ।’

 ‘निर्वाचन आयोगले तयारी गरिरहेको छ, जनतालाई आफूले चाहेको दल छनोट गर्ने मौका मिलेको छ ।,’ उनले भने, ‘सरकारले काम गर्नुपर्ने बेला कोभिड महामारीले हामीलाई अल्मल्यायो तर ३ वर्षका कामले निराश हुनुपर्ने अवस्था छैन ।