१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको विवाद उत्कर्षमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद नागरिक उन्मुक्ति पार्टीभित्र उत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीचको मतभेदले पार्टीभित्र कलह बढेर दुवै पक्षबाट फरक–फरक निर्णय आउन थालेका छन् । श्रेष्ठ र चौधरी श्रीमान्–श्रीमती हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी अध्यक्ष श्रेष्ठले उन्मुक्तिका सांसदलाई प्रधानमन्त्री दाहालले आज लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन् । तर पार्टीका संरक्षक चौधरीले हिजो टीकापुरमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक गरी दुई तिहाई बहुमत सदस्यद्वारा सरकारलाई समर्थन नदिने निर्णय गराएका छन् ।

संस्थापक ज्येष्ठ सदस्य दामोदर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल केन्द्र सरकारमा नजाने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने भनिएको छ । नागरिक उन्मुक्तिका चार जना प्रतिनिधिसभा सदस्य छन् ।

नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि पनि निर्णायक छ । प्रदेशसभामा नागरिक उन्मुक्तिका सात सदस्य छन् । चौधरी कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको पक्षमा छन् । तर अध्यक्ष श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।