२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

विश्वकप छनोट यात्राको तयारी राम्रो भएको छ– प्रशिक्षक एनेस

विश्वकप छनोट यात्राको तयारी राम्रो भएको छ– प्रशिक्षक एनेस
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको विश्वास व्यक्त गरेका छन् ।

छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बराइनसँग आगामी चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक एनेसले ६ दिनको छोटो समय प्रशिक्षण गरे पनि तयारी राम्रो भएको बताएका छन् । धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको प्रशिक्षक एनेस बताउँछन् । यो छनोट यात्राका लागि प्रशिक्षक एनेसले अनुभवी र प्रभावशाली खेलाडीलाई समावेश गरेका छैनन् । अनभुवी रोहित चन्दसँगै नेपाली टोलीका प्रभावशाली आयुष घलान, एरिक बिष्ट, सुरज्यु ठकुरी, दीप कार्की र सन्तोष खत्री भने बहराइन यात्रामा समावेश छैनन् ।

रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन पाएनन् भने बाँकी राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण प्रशिक्षक एनेसले बाहिर राखेको बताइएको छ । प्रशिक्षक एनेसले अनुभवी खेलाडीविहीन भएर खेल्न केही चुनौती रहने स्वीकार गरे । उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी तयारीमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको पनि उल्लेख गरेका छन् । छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्दैछ । एक मात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो ।

होम म्याच खेल्न नपाउनु टोलीको लागि चुनौती हुने उनको भनाइ छ । यद्यपि आफू र आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक एनेस बताउँछन् । यसअघि मंगलवार नै एन्फाले फिफा विश्वकप एशिया छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअगाडि मलेसियासँगको मैत्रीपूर्ण खेल तालिका पनि सार्वजनिक गरेको थियो । एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण आगामी शुक्रवार हुनेछ । यो खेलपछि नेपाली टोली बहराइन जाने कार्यक्रम छ ।

मैत्रीपूर्ण खेल र विश्वकप छनोट यात्राका लागि मंगलबार नै २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित नेपाली फुटबल टोली घोषणा गरेका हुन् । इटालियन प्रशिक्षक एनेसले रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई र समीर तामाङलाई पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरेका हुन् । अधिकांश नयाँ अनुहार टोलीमा भित्रिँदा अनुभवी भरत खवासले पनि पुनरागमन गरेका छन् । प्रारम्भिक छनोटमै नपरेका भरत खवास र सौभाग्यलाई टोलीमा समेटिएको छ ।

छनोटको समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा युएईसँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । नेपाली टोलीको गोलकिपर किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभाग्य राई छन् ।

त्यस्तै मिडफिल्डरमा भरत, विशाल बस्नेत, लाकेन लिम्बू, मणीकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई र फरवार्डमा अञ्जन बिष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव बिष्ट छन् । मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बिदाइ गरेका थिए ।