• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

देश लोडसेडिङ मुक्त मैले बनाएको हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफुले गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक राष्ट्रिय भेलामा बोल्दै उनले भारतसँग विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ हटाएको दावि गरेका हुन् । 

उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको जिकिर गरेका हुन् । 

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेपालका ९० प्रतिशत जनताले विद्युतको प्रयोग गरिरहेको उनको दाबी छ ।

यसअघि उर्जा मन्त्री टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताएका थिए ।