२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

संसद विघटनको विरोधमा अनेरास्ववियु आर.आर. ले निकाल्यो मसाल जुलुस

संसद विघटनको विरोधमा अनेरास्ववियु आर.आर. ले निकाल्यो मसाल जुलुस
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु (प्रचण्ड नेपाल पक्ष) ) आर.आरले संसद विघटनको विरोधमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने काम असंवैधानिक र प्रतिगमनकारी कार्य भएको भन्दै (अनेरास्ववियु (प्रचण्ड नेपाल) पक्ष) ) आर.आरले मसाल जुलुस निकालेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सो मसाल जुलुसको नेतृत्व आर. आर. का अनेरास्ववियु नेता सुशिल खनाल, मुकेश कुँवर र दिलिप खड्काले अन्य कार्यकर्ताहरुको साथमा गर्नुभएको थियो । अनेरास्ववियु नेता सुशिल खनालले भन्नुभयो, 'जबसम्म प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बैलगाडामा राखेर बालकोट पुर्याउँदैनौं तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ' । उहाँले थप्दै प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारीपुर्ण कामको बिरोधमा सम्मपुर्ण नेपाली आम जनताहरुलाई सडकमा आएर विरोध गर्न पनि अपिल गर्नुभयो ।

जुलुसलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् र त्यसमा वहस जारी नै छ ।