• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

संसद विघटनको विरोधमा अनेरास्ववियु आर.आर. ले निकाल्यो मसाल जुलुस



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु (प्रचण्ड नेपाल पक्ष) ) आर.आरले संसद विघटनको विरोधमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने काम असंवैधानिक र प्रतिगमनकारी कार्य भएको भन्दै (अनेरास्ववियु (प्रचण्ड नेपाल) पक्ष) ) आर.आरले मसाल जुलुस निकालेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सो मसाल जुलुसको नेतृत्व आर. आर. का अनेरास्ववियु नेता सुशिल खनाल, मुकेश कुँवर र दिलिप खड्काले अन्य कार्यकर्ताहरुको साथमा गर्नुभएको थियो । अनेरास्ववियु नेता सुशिल खनालले भन्नुभयो, 'जबसम्म प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बैलगाडामा राखेर बालकोट पुर्याउँदैनौं तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ' । उहाँले थप्दै प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारीपुर्ण कामको बिरोधमा सम्मपुर्ण नेपाली आम जनताहरुलाई सडकमा आएर विरोध गर्न पनि अपिल गर्नुभयो ।

जुलुसलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् र त्यसमा वहस जारी नै छ ।