५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो प्रश्ताव प्रश्तुत गर्नुभएको हो । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उहाँलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढंगानाको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मैले उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पेश गरेको छु । उहाँ लामोसमयदेखि संघर्ष गरेको व्यक्ति हुनुहुन्छ । उहाँले आफनो जीवनको विद्यार्थी कालदेखि नै २०२४ सालदेखि उहाँले आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभयो । अनवरत अहिलेसम्म संघर्षरत नै हुनुहुन्छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म उहाँले यो राजनीतिक परिस्थितिमा आफूलाई उभ्याई राख्नुभयो । हेरि सक्नुभयो, संघर्ष गरिराख्नु भयो ।’

‘जसका कारण नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशन चितवनमा भएको थियो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा अध्यक्ष भएको बेला नेविसंघको उपाध्याक्ष भएर पनि काम गर्नु भयो । विभिन्न चरणमा जेल जीवन पनि बिताउनु भयो । तसर्थ, उहाँ २०४५ सालको बाँके जिल्लाको सभापति हुुनु भयो । र आज उहाँ राष्ट्रिय सभा अध्यक्षको रुपमा हाम्रा अगाडि मैले उहाँलाई प्रश्ताव गरेको छु । हुन त देशको राजनीतिको बारेमा पनि केही न केही कुरा राख्नुपर्छ जस्तो मलाइ लाग्छ । म यसअघि प्रतिनिधिसभामा धेरैपल्ट आएको हुँ । राष्ट्रिय सभाको अनुभव मलाई थिएन ।’

केहीबेर पछि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।