जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिका रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले स्रष्टा, सर्जक, साहित्य र कला क्षेत्रका साधक तथा ज्ञान अध्येताहरु आ–आफ्ना विद्यामा थप ऊर्जा प्रदान् गरून भन्ने कामनासमेत गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समूदायलाई शिक्षा ग्रहण गर्न प्रेरित पनि गरून् भन्ने धारणा राख्नुभएको छ ।











