चेन्नाईः भारतले दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । खेलको चौथो दिन नै भारतले खेल जित्दै चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिएका थिए । ४८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।
अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिनुका साथै १०६ रनको शतकीय पाली पनि खेलेका थिए ।
तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ जुन दिवारात्रि शैलीमा खेलिनेछ ।











