२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

भागरथी प्रकरणमा निर्मला पन्तको जस्तो कमजोरी हुदैन – गृहमन्त्री (भिडियो सहित)

भागरथी प्रकरणमा निर्मला पन्तको जस्तो कमजोरी  हुदैन – गृहमन्त्री (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् । 

नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताउनुभयो ।

भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गर्नुभएको अध्यक्ष बस्यालले बताउनुभयो ।महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुशन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्यउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत महिला कानून व्यवसायीहरुले बताएका छन् ।