• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई



काठमाडौँ। बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो ।

पेनाल्टीमा बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । त्यसैगरी, सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके ।

भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् ।

त्यसअघि, खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । खेलको ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन् । सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र भूटानको सहभागिता थियो । रासस