५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको बताउनु भयो । उहाँले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभयो । उहाँले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताउनु भयो । उहाँले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गर्नुभयो । उहाँले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा थुप्रै आलको अनुभवहरु बटुलेका छौँ । अब यो अनुभवबाट नेपालका मुख्य दलहरुलाई नेपाली काँग्रेस, नेकपा एमाले जस्तो ठूलो राजनीतिक दलहरुलाई एउटा राम्रो पाठ यसले सिकाएको छ । हाम्रो यो चुनाव भन्दाअघि उसले उसलाई, उसले उसलाई, कहिले एउटाले अर्कोलाई बोकेको छ, कहिले कसलार्ई बोकेको छ । त्यसलाई बाहिर निकाल्नुपर्छ । हाम्रो निर्वाचन प्रणालीलाई पनि ठिक बनाउनु पर्छ । किनकी यो ठिक नहुँदै गर्दा नेपालले प्राप्त गरेको अवसर गुमाउने भयो । १४/१५ वर्ष मात्रै हामीसँग बाँकी छ । त्यसपछि नेपाललाई बुढ्यौली लाग्छ । हामीले त वार फिटिङमा काम गर्नुपर्छ ।’

‘प्रत्येक दिन, प्रत्येक रात, नेपालको प्रधानमन्त्रीले, नेपालको वडाध्यक्षले, मेयरले, प्रत्येक सांसदहरुले वारको बेलामा जस्तो काम गर्नुपर्छ । भूकम्प आयो भने, ठूलो विपद् आयो भने हामी कसरी काम गर्दछौँ, उद्धार गर्छौं, लाग्छौँ भिड्छौँ । त्यस्तो वार फुटिङमा काम गर्नुपर्नेमा हाम्रो ध्यान सरकार टिकाउन, बदल्न, गएको छ । पूरै फोहोरी खेलमा गएको छ । अब अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नु भन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो ।’

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताउनु भयो ।




भर्खरै