५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्: काँग्रेस सांसद शर्मा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिनुभएको छ ।

आईतवार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रतिपक्षमा रहँदा एमाले सांसदहरुले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यता अनुसार अघि बढ्नुपर्ने बताउनुभएको हो । सांसद शर्माले नयाँ सत्तासमिकरण भत्काउने खेल भईरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रश्तुत गरेपछि यो ठिक भएन, पुनर्लेखन गर्नुपर्छ भनि एमाले पार्टीका सांसद मित्रहरुले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ । आज म स्वयं यस रोष्टममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद शर्माले संविधान मिच्ने र त्यसको बिरोधमा सडक आन्दोलन गर्नेहरुबीचको नयाँ सत्ता समिकरणले आफूहरु अचम्ममा परेको पनि बताउनु भयो ।